कांग्रेसको विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार ५० हजार दिने

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको बाढी पहिरो पीडीत विपद् व्यवस्थापन समितिले २०७८ बैशाख देखि यताका बाढी पहिरो पिडीतको परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ दिने भएको छ ।

बाढी पहिरो पीडीत विपद् व्यवस्थापन समितिको बिहिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । बाढी पहिरो पीडीतको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडीत विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो । बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधै आईरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरि व्यहोर्नुपरेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बताए । उनले समितिले २०७८ साल यता बाढी पहिरो पीडीतहरुलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताए । उनले मुलुकभरबाट बाढी तथा पहिरोले पुराएको भौतिक र मानविय क्षतिबारे तथ्यांक संकलन गरि राहत उपलब्ध गराईने जानकारी दिए ।

उनले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताए । बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, चिवमा किरण गिरी ,कोषाध्यक्षमा कल्पना चौधरी हुनुहुन्छ । त्यसैगरी समितिका सदस्यहरुमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तिर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव । त्यसैगरी आमन्त्रित सदस्यहरुमा पुर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सभापति एंवम् प्रधानमन्त्री शेर बहादुर देउवाले मनोनित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?