मोरङ । मोरङ उद्योग संगठनले स्टार्टअप व्यवसायका लागि आवेदन आह्वान गरेको छ । मोरङले नवीन व्यवसायीक सोच, आइडिया भएका प्रतिभाशालिहरुलाई व्यवसायीक उद्यमशीलता रूपान्तरणमा सहयोग गर्न आवेदन आह्वान गरेको हो ।
स्टार्टअप तथा इन्नोभेसन कार्यक्रम मार्फत व्यवसायीक तथा प्राविधिक परामर्श, कोचिङ तथा मेन्टरशीप, प्रशासनिक तथा कानूनी परामर्श, प्रयोगशाला परीक्षण तथा अनुसन्धान लगानी तथा कर्जामा सहजीकरण सम्बन्धि परामर्श सेवा प्राप्त गर्न इच्छुकले आवेदन दिन सक्ने छन् । आवेदन आगामी साउन ३२ गतेसम्म दिन सकिने छ ।
यसमा प्रदेश नम्बर १ भित्रको नागरिक, आर्थिक एवं व्यवसायीक सम्भावना भएको नवीन विचार वा अवधारणा भएको वा स्तरोन्नतीको सम्भावना भएको शुरूवाती अवस्थामा दर्ता भई बढीमा २ वर्ष अवधिदेखि सञ्चालनमा रहेका व्यवसायहरुले आवेदन दिन सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया