२ आयोगको पदाधिकारीहरुको समयावधी थप गर्ने सरकारको निर्णय

लोकपथ
2.3k
Shares

काठमाडौं । सरकारले विभिन्न आयोगका पदाधिकारीहरुको समयवाधी एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानविनको आयोग तथा आयोगका पदाधिकारीहरुको कार्यअवधि एक वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

“सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानविनको आयोग तथा आयोगका पदाधिकारीहरुको कार्यअवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।” उनले भने

त्यस्तै आज बसेको बैठकले आगामी साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ
देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?