सर्लाहीबाट स्रोत नखुलको ५ लाख रुपैयाँसहित एक महिला पक्राउ

लोकपथ
70
Shares

जनकपुरधाम । सर्लाहीबाट स्रोत नखुलको ५ लाख रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका वडा नम्वर-३ बस्ने ३० वर्षीया रेहाना खातुन रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका वडा नम्वर ८ झिलमिलिया माई मन्दिर नजिकबाट खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र ५ लाख रुपैयाँ फेला परेको प्रवक्ता बुढाथोकीले बताए । खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?