काठमाडौं । आगामी साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
देउवा नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको थियो ।
त्यस्तै आजको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानविनको आयोग तथा आयोगका पदाधिकारीहरुको कार्यअवधि एक वर्ष थप गर्ने निर्णय समेत गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया