केपी शर्मा ओलीले बोलाए संसदीय दलको बैठक

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली शुक्रवार संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको नेताको हैसियतमा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीले शुक्रवार दिउँसो साढे एक बजे वानेश्वरको बीआइसीसी भवनमा संसदीय दलको बैठक डाकेका नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

शुक्रवारको बैठकमा माधव नेपाल पक्षका सांसदसहित पार्टीका सबै (१२१ जना) सांसदलाई बोलाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?