काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक शुरु भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको बताइएको छ ।
यो देउवा नेतृत्वको सरकारको दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री नियुक्त भएसँगै सोमवार नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया