काठमाडौं । संखुवासभामा धारिलो हतियार प्रहारबाट एक जनाका मृत्यु भएको छ ।
खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा बुधवार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
अपरिचित व्यक्तिहरुले लक्ष्मणलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया