काठमाडौं । कञ्चनपुरमा बाँसले हानेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो । साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया