मोहना नदीमा बाढी आएपछि सतर्कता अपनाउन आग्रह

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । अविरल वर्षाका कारण कैलालीको मोहना नदीमा बाढी आएसँगै पानीको सतह बढेको छ ।

लगातार ६ घण्टादेखिको भारी वर्षाका कारण नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको हो ।

बिहीवार बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीमा बाढी आएसँगै तटीय र आसपासका क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?