म्यासेन्जरमा प्राइभेसीको जोखिम, दुई जनाबीचको कुराकानी तेस्रो व्यक्तिले हेर्न सक्ने खतरा

लोकपथ
4.4k
Shares

काठमाडौं । फेसबुक म्यासेन्जरको सुरक्षा अपडेट आउन भइरहेको ढिलाईका कारण प्रयोगकर्ताको प्राइभेसीमा जोखिम भइरहेको छ ।

Representative image.

५ बिलियन भन्दा बढी प्रयोगकर्ता भएका म्यासेन्जरको सुरक्षा अपडेट ल्याउन ढिलाइ भएको भन्दै सुरक्षा विशेषज्ञले प्रयोगकर्तालाई चेतावनी दिएका छन् ।

म्यासेन्जरमा ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ लागू नभएका कारण प्रयोगकर्ताको प्राइभेसी र कन्टेन्ट जोखिममा रहेको विशेषज्ञहरुले बताएका छन् ।

Facebook Messenger adds end-to-end encryption in a bid to become your primary messaging app | TechCrunch

म्यासेन्जरमा ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ लागू नभएसम्म दुई जनाबीच हुने कुराकानी तेस्रो व्यक्तिले हेर्न सक्छन् ।

अहिले दुई डिभाइसबाट म्यासेन्जरमा हुने कुराकानी तेस्रो पक्षले पहुँच राख्न सक्छ ।’ साइबर सुरक्षा विज्ञ ज्याक डोफम्यानले फोर्ब्समा लेखेका छन् ।

‘हामी धेरैलाई थाहा नहुन सक्छ फेसबुक म्यासेन्जरमा हालसम्म ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ सेवा स्वतः रुपमा लागू गरिएको छैन । तपाईंले आफैंले सेटिङमा गएर यसलाई प्राइभेट कन्भर्सेसन गर्न भने सक्नुहुनेछ । तर, यो फिचर ग्रुप च्याटमा छैन ।’ डोफम्यानले थपे ।

फेसबुकले केहीसमय अघिमात्रै म्यासेन्जर पनि ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ सर्भिस उपलब्ध गराउने घोषणा गरेको थियो । यो फिचर आगामी वर्ष २०२२ मा प्रयोगकर्तामाझ उपलब्ध हुने बताइएको छ ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?