काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सिडियोहरुको बैठक बस्दै

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारीे निषेधाज्ञा गरिएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिदैछ । यसर्थ उपत्यकामा निषेधाज्ञा साउन १५ गतेसम्म थप्ने तयारी गरिएको छ ।

निषेधाज्ञा थपको निर्णय गर्नका लागि आज दिउँसो १ बजे उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडियोहरुको बैठक बस्दैछ ।

निषेधाज्ञालाई खुकुलो बनाइएको भएपनि हालसम्म लामो दुरीका सवारी साधन सञ्चालन गर्न खुलाइएको छैन । आज लामो दुरीको सवारी साधन सञ्चालन गर्ने विषयमा पनि निर्णय हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?