घट्यो पेट्रोलियम पदार्थको मूल्य

लोकपथ
497
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा बुधवार राति १२ बजेदेखि लागू हुने गरी एक/एक रुपैयाँका दरले मूल्य घटाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल तथा एलपी ग्याँसको मूल्यवृद्धि गरेको थियो । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोधमा पाँच विद्यार्थी संगठनले आन्दोलन गरीरहेका थिए ।

मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ, डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?