देउवा प्रधानमन्त्री बनेको खुशियालीमा धनगढीमा दिप प्रज्वलन

लोकपथ
231
Shares

धनगढी । सर्बोच्च अदालतको फैसलाको स्वागत र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशियालीमा नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर – ५ कैलालीले धनगढीमा दिप प्रज्वलन गरिएको छ ।

धनगढीस्थित पार्कमोडमा नेपालको नक्सामा दिप प्रज्वलन गरेर नेविसंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको हो । दिप प्रज्वलन गर्दै नेविसंघले नेपाली कांग्रेस जिन्दावाद, नेपालको संविधान जिन्दावाद, सर्बोच्च अदालत जिन्दावाद, शेरबहादुर देउवा जिन्दावाद जस्ता नारा लगाएका थिए ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख शुशीला मिश्र भट्टले देशलाई अध्यारो तर्फ जान नदिन सर्बोच्चले गरेको फैसला स्वागत योग्य भएको बताइन् । सर्बोच्चको फैसलाले नेपालीको भविष्य र नेपालको संविधानको रक्षा गरेको उनले बताइन् । ‘यो नेपाली जनताको जित हो’ उप–प्रमुख भट्टले भनिन्, ‘यो फैसला पछि संविधानलाई कमजोर बनाउने आँट कसैलाई पनि हुने छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?