कन्टेनरबाट ४० किलो गाँजा बरामद

लोकपथ
728
Shares

बागमती । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा कन्टेनरका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका – ४ का १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ३०४१ नम्बरको कन्टेनरलाई प्रहरीले जाँच गर्दा सो कन्टेनरमा लुकाइछिपाइ ल्याइएको ४० किलो गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

कन्टेनर चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । प्रहरीले बरामद भएको गाँजा र कन्टेनर तथा सहचालक गुरुङलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?