६ आश्विन २०७८, बुधबार

पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’

२०७८,असार,३०,बुधबार २०:३५


गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीयस्थल पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार गरेको छ । यसअघिको पर्यटकीय ब्रान्ड ‘पाराडाइज पोखरा’ लाई परिमार्जन गर्दैै पोखरा पेयर याज पाराडाइज तयार गरिएको हो ।

नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए । गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यक्ता महसुस गरी शुरुआत गरिएको उनले बताए ।

ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा चिनाउन थप बल पुग्ने उल्लेख गर्दै उनले यसको शुरुआत बोर्डले गौतमबुद्ध जन्मस्थल लुम्बिनीबाट गरेको जानकारी दिए । ब्राण्ड तयार गर्ने विज्ञ फर्मको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालामाझ विभिन्न चरणमा प्रस्तुत गरिएको थियो । सोबाट प्राप्त राय तथा सुझाव सङ्कलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए । उनका अनुसार कोभिडको प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्र पर्यटन बजारमा प्रचार गरिने छ ।

प्रकाशित मिति: २०७८,असार,३०,बुधबार २०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । गण्डकी प्रदेशका सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न अर्थ तथा विकास समितिले निर्देशन दिएको छ । समितिद्वारा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको

गण्डकी । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आज भेट

अहिले ‘टुरिष्ट हब’को रूपमा विकसित झकिझकाउ ठमेल पहिले कस्तो थियो होला ? आम युवापुस्ताको यही जिज्ञासा मेट्न हामी रंगिन ठमेलमा

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११