अब यात्रुले सार्वजनिक यातायातमा बढी भाडा तिर्नुपर्ने

लोकपथ
1k
Shares

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेपछि यसका उपयोगकर्ता सर्वसाधारणले बढि भाडा तिर्नु पर्ने छ ।

अहिले भइरहेको भाडादर सरकारले २०६९ मा वृद्धि गरेको थियो । त्यसयता कयौँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेपनि सरकारले वास्ता नगरेको भन्दै यातायात व्यवसायीहरुले भाडा वृद्धिका लागि पटक पटक पहल गर्दै आएका थिए । ‘‘हामीले लामो समयसम्म भाडा वृद्धिका लागि प्रयास गरेका थियौँ,यसपाली सरकारले वृद्धि गरिदिएको छ ।’’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।

सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । सामान्यतया काठमाडौंमा न्युनतमा भाडा दर १५ रुपैँया छ । २८ प्रतिशत बढेपछि अब नयाँ भाडादर १९.२ रुपैँया पुगेको छ । तर व्यवहारमा भने २० रुपैँया तिर्नुपर्नेछ । त्यस्तै,न्युनतम २० रुपैँया भाडा दर भएकोमा वृद्धिपछि २५ रुपँैया ६ पैसा कायम भएको छ । तर व्यवहारमा भने ३० रुपँैयाको हाराहारीमा तिर्नुपर्नेछ । यहीनिर सार्वजनिक यातायात प्रयोगकर्ता थप मारमा पर्नेछन् ।

सरकारले पेट्रोलियम पदार्थ तथा गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार मान्दै तीन भागमा वर्गिकरण गरी भाडा वृद्धि गरेको छ । यसो गर्दा व्यवहारमा सरकारले तोकेको भाडावृद्धि भन्दा बढी हुन आउँछ ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको हो ।

सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले भाडा वृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?