प्रचण्ड र विप्लवबीच भेटघाट

लोकपथ
252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटघाट भएको छ ।

प्रचण्ड र विप्लवबीच प्रचण्डनिवास खुमालटारमा भेटघाट भएको हो ।

गत फागुन २३ गते शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पछिल्लो समय भेटघाटलाई तीव्रता दिएका छन् । सोही क्रममा आज प्रचण्ड र विप्लवबीच भेटघाट भएको हो ।

देशमा राजनीतिक तरंग उत्पन्न भइरहेका बेला प्रचण्ड-विप्लवबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?