काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।
बुधवार साँझ कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
आजको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रम साथै सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ ।
गत सोमवारको सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई नेता नेपालको समेत साथ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया