चलचित्र ‘मनाङे नानी’ को फस्ट लूक सार्वजनिक

काठमाडौं, १५ चैत – चलचित्र ‘मनाङे नानी’ को फस्ट लूक सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।कार्यक्रममा निर्माता तथा निर्देशक सोभित बस्नेतले चलचित्र राम्रो बनेको बताए । साथै उनले फिल्म युनिटले निकै मेहनत गरेर मनाङको तिलिचो ताल वरपर छायांकन गरेको पनि बताए ।चलचित्रमा भीम गुरुङ, शान्ति गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुशी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको सत्तरी प्रतिशत छायांकन मनाङमा गरिएको निर्माण टिमले जानकारी दिएको छ ।साथै चलचित्रमा खुस बहादुर गुरुङको कथा, पटकथा, संगीत र निर्देशन छ ।चलचित्र आउँदो बैशाख १४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?