काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर कुल ८ हजार १ सय ८ पीसीआर परीक्षणमा २ हजार १० र ४ हजार ९ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणको कारण थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरबाट २४ घण्टामा थप १ हजार ६ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ४७ रहेको छ ।
पछिल्ला केहिदिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया