काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका समर्थकहरुले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएका छन् ।
ओलीलाई बालकोट पुर्याएर फर्किएका ओली समूहका समर्थकहरुले कोटेश्वरमा नेपालको पुत्ला जलाएका हुन् ।
ओली समर्थित युवाहरुले नेपालको घर घेर्ने खुल्ला चेतावनी दिएपछि प्रहरीले कोटेश्वरस्थित नेपालको घर वरिपरि सुरक्षा बढाएको छ ।
“पुत्ला जलाउने प्रयास गर्नु भएको हो । अहिले अवस्था सामान्य छ ।” महानगरीय प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक सुरेश राज भट्टले लोकपथलाई जानकारी दिए ।
“करिब ५० ६० जनाको भिड थियो । अहिले अवस्था सामान्य छ ।” उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया