निर्वाचन आयोगले रद्द गर्‍यो चुनाव तालिका

लोकपथ
175
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

बुधवार आयोगल एक विज्ञप्ति जारी गर्दै ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रवारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रवारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ जानकारी दिएको छ ।

यसअघि केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै कात्तिक २६ गते शुक्रवारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रवारका दिन दोस्रो चरणको चुनावको मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?