काठमाडौं । आज बुधवार शेयर बजारमा सूचक १.०१ अंकले बढेर २८७२.०५ बिन्दुमा पुग्दा कारोबार रकम साढे ५ अर्ब रुपैयाँमा सीमित भएको छ। २१४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार कित्ता सेयर पाँच अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएका छन्।
मंगलवार ८८ लाख ३३ हजार कित्ता सेयर पाँच अर्ब ४० करोड रुपैयाँमा किनबेच भएका थिए।
हिमालयन पावर पाट्नर लिमिटेडको शेयर मूल्य ८.१० प्रतिशतले र नेपाल फइनान्स लिमिटेडको शेयर मूल्य ७.७१ प्रतिशतले बढेको छ।
नेबिल ब्यालेन्स फण्ड, एनएमबि ५० र सिदार्थ इन्भेस्टमेन्ट ग्रोथको शेयर मूूल्य समान २ प्रतिशतले घटेको छ।
गुराँस फाइनान्स लिमिटेडको सर्वाधिक २९ करोड रुपैयाँको शेयर किनबेच हुँदा छिमेक लघुवित्त वित्तीय संस्थाको २२ करोड र हिमालयन डिस्टिलरी लिमिटेडको १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया