काठमाडौं । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।
असार ३० गते बिहान १० बजे उनी विशेष अदालतमा हाजिर भएका हुन् । विशेष अदालतमा हाजिर भएका गच्छदारले आफ्नो बयान दिएका छन् ।
गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको नाम उल्लेख थियो ।
ललिता निवास प्रकरणमा बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा कार्य गरेको अभियोगमा मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आज थुनछेकका लागि उपस्थित भएका हुन् ।
गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते मुद्दा दर्ता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया