बालकोट पुगेर ओलीले भने- ‘सरकार ढाल्न अगुवाइ गर्ने माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन’

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालले नै सरकार ढाल्न अगुवाइ गरेको दाबी गरेका छन् ।

बालुवाटारबाट विदाई भई बालकोट पुगेर समर्थकहरुलाई सम्बोधन गर्दै ओलीले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नरहेको बताएका हुन् ।

“माधव नेपालको हकमा गल्ती स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।” अध्यक्ष ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?