काठमाडौं । एक महिला डाक्टरको घरको बेडरुम र ट्वाइलेटमा सीसी क्यामेरा भेटिएको छ । उक्त क्यामेराको बारेमा महिला डाक्टर बेखबर थिइन् ।
यो घटना भारतको माहाराष्ट्रको पूणेको हो । भारतीय विध्यापीठ अस्पतालमा कार्यरत महिला डाक्टर अस्पतालमा आफ्नो काम सकेर घर गइन् । घरमा पुग्दा घरमा बत्ति थिएन् । बिजुली मर्मतका लागि उनले मानिस बोलाईन् ।

बिजुली बनाउने मान्छेको कुराले उनी चकित परिन् । उनको बेडरुम र ट्वाइलेटमा क्यामेरा लगाइएको थियो ।
उनले तत्काल घटनाबारे प्रहरीलाई जानकारी दिइन् ।

प्रहरीले अनुसन्धानका क्रममा सोही अस्पतालका एक डाक्टरलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उक्त डाक्टरले नक्कली साँचोको सहयोगले उनको घरमा क्यामेरा जडान गरेको खुलेको छ ।

भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया