नतिजा निस्कने गरी कार्यसम्पादन गर्छु : अर्थमन्त्री शर्मा

लोकपथ
126
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आफूले कसैको अनुहार हेरेर काम नगर्ने भन्दै आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री शर्माले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न गर्ने बताए ।

उनले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने पनि बताए । पदभार समारोहलाई सम्बोधन गर्दै उनले भने, “मलाई अनुहार चाहिन्न, जात चाहिन्न, न झण्डा चाहिन्छ, केवल मलाई काम चाहिन्छ ।”

शर्माले मन्त्रालयका कर्मचारीहरुलाई अर्थतन्त्रलाई सही दिशातर्फ अग्रसर गराउने गरी काम गर्न पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?