१३ मङ्सिर २०७८, सोमवार

अनुदानको प्रलोभन देखाएर कृषकबाट ठगी

२०७४,आश्विन,२२,आईतवार ०६:२९

0
Shares

बनियानी, झापा, २२ असोज ।‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले कृषकबाट रु २० लाखभन्दा बढी ठगी गरेकोे छ ।इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना कृषकबाट उक्त रकम ठगी गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जनाकारी दिए ।“कृषकलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेती लगायतका शीर्षकमा अनुदान मिलाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ”– प्रनि विष्टले भने, “मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ ।”पीडक विनोद राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि उनले बताए । “हामीले पीडक राईको परिचयपत्र फेला पारेका छौँ”– प्रहरी निरीक्षक विष्टले भने, “अनुसन्धान भइरहेको छ, छिट्टै दोषी समातिन्छ ।”घटना विवरणअनुसार गत शुक्रबार विर्तामोडमा कृषकलाई बोलाएर प्रतिव्यक्ति रु २० हजारदेखि रु एक लाख लिएर फरार भएको पीडित पुरन राईले बताए ।विनोदले आफूहरुलाई विश्वासमा लिएर ठगी गरेको बताउँदै उनले भने, “डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो कृषकको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँचीे बिरुवाको उचाइ, गोलाइ नाप्ने गरेको थियो । हामी विश्वासमा प¥र्यौं, मान्छे ठग रहेछ थाहै पाएनौं ।”कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र (प्रपोजल) समेत बनाइदिएका थिए । त्यसवापत हरेक किसानबाट रु ५०० शुल्क लिएको पीडित पुरनले बताए । अशायपत्र स्वीकृत पाएका किसानले तीन प्याकेजमा रु तीन लाख, रु छ लाख र रु १२ लाख अनुदान पाउने आश्वासन पाएको पीडितको भनाइ छ ।अनुदानबापत किसानले अग्रीम २० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो । सोही शर्तअनुसार कृषकले रकम बुझाएका हुन् । किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०६:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तम्घास । गुल्मीको रेसुंगा नगरपालिका–८ स्थित बसपार्कमा सागर नेपाली बिहान सबेरैदेखि राति अबेरसम्म भेटिन्छन् । उनी सदरमुकामको तम्घास बजारमा अन्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् । वैदेशिक

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा

काठमाडौं – तपाईलाई थाहा छ ? सार्वजनिक सवारीमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै ‘कोड’ भाषामा कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७