उदयपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी एक जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-३ हडैया बस्ने २६ वर्षीय दुर्गा कुमार थापा मगरलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?