अर्थमन्त्री शर्माले गरे कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब निकासा

लोकपथ
560
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गरेका छन् ।

आजै अर्थमन्त्रीको कार्यभार सम्हालेका मन्त्री शर्माले खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासाका लागि स्वीकृत प्रदान गरेका हुन् ।

मन्त्री शर्माले सरकार जनताको जीवन रक्षाका लागि केन्द्रित रहेको बताएका छन् । उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम पनि स्वीकृत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?