वैवाहिक वर्षगाँठमा पोखरेल दम्पतिले एक अर्कालाई दिए ५० लाखको सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

लोकपथ
259
Shares

बुटवल । आफ्नो वैवाहिक जीवनको २७ औ वर्ष पुरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई मनाएका छन्। रुपन्देही बस्ने अधिवक्ता सागर मणि पोखरेल र शिक्षक कमला ज्ञवालीले एक कार्यक्रममा एक अर्कालाई ५० – ५० लाखको बिमा पोलिसी दिई आफ्नो वर्षगाठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् ।

लामो समयदेखि समाजसेवामा गर्दै आएका सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी, बैंकका संस्थापक लगायत विभिन्न बित्तिय क्षेत्रमा रहेका छ भने लामो समयदेखि बिमाको क्षेत्रमा पनि काम गर्दै आएका छन् ।

बिहानमा क्याम्पस र दिउसोमा सरकारी बिद्यालयमा अध्यापन गराउदै आएकी कमलाले, सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बिमा गरेको बताइन् ।

अधिवक्ता पोखरेलले सो कार्यक्रममा बोल्दै आजसम्म आफुले खरिद गरेका सबै बिमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिनुभएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने र आफुले बिमा गरेको रकम र बोनस फिर्ता लिगीसकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मनपरेको बताए ।

कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले उहाहरुले खरिद गरेका बिमा पोलिसी सबैभन्दा उत्तम रहेको बताउदै उहाहरुलाई अझ बढी सफलता र सुखी जीवनको शुभकामना व्यक्त गरेका थिए भने पोखरेल दम्पतिलाई टिका सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?