अष्ट्रेलियामा २ साता लम्बियो लकडाउन

लोकपथ
168
Shares

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साताका लागि लकडाउन थपिएको छ । त्यहाँको सरकारले कोरोनाको दोस्रो लहरलाई नियन्त्रण गर्ने उदेश्यले पुनः लकडाउन थपिएको जनाएको छ ।

न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भैसकेको छ । सिड्नीकी वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म यो राज्यमा ७० जना बिरामी अस्पतालमा भर्ना भएका छन् । लकडाउनपछि पनि केही मानिसहरुमा कोरोनाको संक्रमण देखिएको थियो । यसपटक सिड्नीमा कोरोनाको संक्रमण फैलिँदा अहिलेसम्म करिब ३३० संक्रमित फेला परेका छन् ।

अहिले थप गरिएको लकडाउन ग्रेटर सिड्नीका ५० लाखभन्दा धेरै मानिसहरुलाई लागू हुनेछ । यसअघिको लकडाउन शुक्रवार सकिँदै छ।

यससँगै अब सिड्नीको लकडाउन जुलाई १६ सम्मका लागि लम्बिएको छ । अधिकारीहरुले मुलुकमा निकै कम मानिसले मात्र कोरोना खोप लगाएकाले कोरोना नियन्त्रणको लागि प्रतिबन्ध लगाउनुको विकल्प नभएको बताएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?