नेपाल आयल निगमले माग्यो १७ जना कर्मचारी

लोकपथ
315
Shares

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा २७ जना कर्मचारी माग गरेको छ । निगमले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि विभिन्न पदमा १७ जना कर्मचारी माग गरेको हो ।

निगमले तह ४ देखि तह ६ सम्मका १७ कर्मचारी र २ जना तह बिहिन कर्मचारी माग गरेको छ । आयल निगमले अनलाइन मार्फत आवेदन दिन सकिने जानकारी दिएको छ ।

निगमले तह ६ मा रहने गरि ७ जना सहायक प्रबन्धक, तह ५ मा रहने गरि ३ जना बरिष्ठ सहायक र तह ४ मा रहने गरि एक जना मेकानिकल मिस्त्री माग गरेको निगमले जनाएको छ । । यस्तै तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको हो।

निगमले इच्छुक तथा योग्य आवेदकहरुलाई सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनको अवधिमा आवेदन दिन सकिने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?