काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
ओली सरकारी निवास बालुवाटार छोडेर भक्तपुर बालकोटस्थित आफ्नो नीजि निवास जाने भएका हुन् ।
ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्ने तयारी रहेको बताइएको छ । मंगलवार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्ति भएका छन् । उनी आफ्नै निवास बूढानिलकण्ठमा छन् । ओलीको बर्हिगमनसँगै उनी सरकारी निवास बालुवाटार प्रवेश गर्नेछन् ।
एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई हजारौँ जनताले बालकोटमा भव्य स्वागत गर्नेछन् । उनलाई बालुवाटारदेखि बालकोटसम्म दुई हजार गाडी र तीन हजार मोटरसाइकलले सुरक्षा दिएर पुर्याईने बस्नेतको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया