देउवाको त्यो अडानको कारण रोकियो सपथग्रहण

लोकपथ
3k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट आएको विज्ञप्ति नसच्चिए सपथ नलिने अडान लिएका छन् ।

आज मुख्यसचिव शंकरदास बैरागीलाई आफ्नो निवास बूढानिलकण्ठमा बोलाएर त्यसबारे जानकारी गराएका हुन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन् । साँझ ६ बजेका लागि सपथ ग्रहणको समय तोकिएपनि देउवाको अडानको कारण सपथ ग्रहण हुन सकेको छैन । साथै देउवाले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नुपर्ने अडान राखेको स्रोतको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?