स्वयंसेवी उद्धारकर्ता अरुण सैंजुको साहसिक कथा (भिडियो सहित)

लोकपथ
299
Shares

नेपालमा हुने विभिन्न विपद्को समयमा स्वयंसेवी उद्धारकर्ताको रूपमा काम गर्दै आएका अरुण सैंजु र उनको आरएनए १६ टिमका सदस्यहरूलाई ‘लोकदृष्टि–फ्रन्टलाइनर्स’ को रूपमा प्रस्तुत गरेका छौँ ।

बि।स। २०७२ सालमा गएको महाभूकम्प गएको बेला उद्धार कार्यमा सक्रिय भूमिका निभाएका अरुण र उनका साथीहरूले अरू विपद्मा पनि स्वयंसेवी रूपमा सहयोग गर्नु पर्छ भनेर आरएनए १६ स्थापना गरेका थिए । विभिन्न १६ किसिमको विपद्मा उद्धार कार्यमा सक्रिय रहेको यो समूहले बाढी पहिरो, दुर्घटना, आगलागी जस्ता घटना थाहा पाउने बित्तिकै उद्धार कार्यमा स्वतःस्फूर्त रूपमा लाग्ने गरेको छ ।

नेपालमा पनि कोरोना सङ्क्रमण बढेपछि आरएनए १६ का सदस्यहरू सङ्क्रमितहरूको शव व्यवस्थापन, बिमारीहरूलाई अस्पताल लैजाने जस्ता विभिन्न काममा सक्रिय पूर्वक लागेको थियो ।

कोरोनाको कहरमा आफ्नो ज्यानको परवाह नगरी सामाजिक सेवाको काममा सक्रिय भएकै कारण उनलाई यस शृङ्खलामा हामीले प्रस्तुत गरेका हौँ । लोकपथका प्रस्तोता एवं स्ट्याण्डअप कमेडीमा विश्व कीर्तिमान् कायम गरेका लेखमणि त्रितालले गरेको कुराकानीको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?