ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने

लोकपथ
299
Shares

काठमाडौं । ओलम्पिकमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने भएकी छिन् । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा पौडीकी गौरिका सिंहले नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटिले जानकारी दिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अनुसार ओलम्पिक उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने छिन् । गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् ।

टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरि कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन् ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?