काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ती भएसँगै केपी शर्मा ओली पदमुक्त भएका छन् । सर्वोच्च अदालतले परमादेश जारी गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
येसैबीच प्रधानमन्त्री ओली भोली (बुधवार) बालुवाटारबाट बालकोटस्थित आफ्नो नीजी निवास जाने भएका छन् ।
ओलीको स्वागतमा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकल उपस्थित हुने नेकपा एमालेका नेता महेश बस्नेतले लोकपथलाई जानकारी दिए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया