काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशलाई खोपको अभाव नरहेको ओलीको दावी छ।
आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाएका उनले कतिपय खोप आइसकेको र कतिपय प्रक्रियामा रहेकाले कुनै अभाव नहुने बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा खोपको व्यवस्था गरेपछि अब आज भोलिदेखि नै सरकारमा रहेकाहरुले आफैले खोपको व्यवस्था गरेजसरी तमासा हुनु गर्ने बताए । उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ ।
यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । उनले अरु ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे । उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको पनि ओलीको भनाइ छ ।
मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै ओलीले थप ६० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको भन्दै ओलीले अमेरिकाबाट सोमबार मात्रै १५ लाख चानचुन डोज खोप नेपाल आएको बताए ।
जापानबाट १६ लाख खोप दिने घोष्णा भएको उल्लेख गर्दै ओलीले कोभ्याक्स अन्तरगत ३ लाख ४८ हजार बढी डोज खोप आएको र ३ लाख ५० हजार डोज आउने क्रममा रहेको उनको भनाइ छ ।
यस्तै जनसनको ५० लाख डोज, मोडर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड २० लाखसमेत गरी १ करोड ५० डोज खोप सुविधा मूल्यमा केही प्राप्त भएको र केही हुने क्रममा रहेको ओलीको भनाइ छ ।
बालबालिकालाई दिन मिल्ने खोप ६० लाख डोज खरिद प्रक्रियामा रहेको पनि ओलीको भनाइ छ ।
उनले भने,”हुन त मलाई थाहा छ, भरैबेलुका वा भोलि बिहानबाट शुरु हुनेछ–हामीले ल्याइदिएर लगाइरहेको खोप फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौ भनेर तमासा सुरु हुनेछ । जादु गरेर उनीहरुले आजै खोप ल्याएको हो कि जसरी प्रचार गर्नेछन् ।”
उनले आफूलाई प्रचारको प्रतिस्पर्धा गर्न मन नभएको भन्दै आफ्नो कार्यकालमा देश र जनताको लागि धेरै काम गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया