काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुर्स्थापना साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला ऐतिहासिक नभएको जिकिर गरेका छन् ।
आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैले सोमवारको फैसलालाई ऐतिहासिक भनेपनि त्यसो नभएको दाबी गरे ।
“हिजोको फैसला कतिले ऐतिहासिक भने, ऐतिहासिक त हुने नै भयो । यो पछिसम्म कालान्तरसम्म सम्झिनेछ । त्यसका असरहरु पर्नेछन् । यसको समिक्षा देशले गर्नेछ । यसका परिणाम र परिणतीहरुले असरहरु अभिव्यक्त हुनेछन् । त्यसकारण यसलाई ऐतिहासिक भन्दा पनि असर नपर्ला तर यसलाई कस्तो ऐतिहासिक पछि इतिहासले मूल्यांकन गर्नेछ ।” उनले अघि भने- “कोभिड-१९ बाट आक्रान्त भइरहेको यो अवस्था, प्राकृतिक विपत्ती त्यस्तैगरेर बाढी पहिरो जस्ता कुराहरुबाट आक्रान्त भइरहेको अवस्था । हामीले देशलाई समय खर्च नगरिकन संवैधानिक कानुनी हिसावले एकतावद्ध भएर एकताका साथ राष्ट्र निर्माणको काममा अगाडी बढ्नुपर्ने आजको आवश्यक्ता हो । तर मलाई दुृख लाग्छ, यस्तो अवस्थामा द्वन्द्ध बढाउने, परस्पर फौजदारी र घृणा बढाउने र त्यो असमझदारी र घृणाबाट मुलुकलाई द्न्द्धतर्फ धकेल्न खोज्ने प्रयासहरु भइरहेका छन् । लोकतन्त्रका विरुद्ध एउटा गम्भीर षड्यन्त्र भइरहेको छ ।”
त्यसैगरी सर्वोच्चको फैसलाले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठेको जिकिर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया