काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीेले सोमवारको सर्वोच्च अदालतको फैसला अनुचित साथै आफूहरु विरुद्ध भएको आरोप लगाएका छन् ।
आज बालुवाटारबाट देशबासीको नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाबाट आफूहरु नअल्मलिकन अघि बढ्दै जाने बताए ।
“अदालतको फैसला अनुचित छ, हाम्रा विरुद्ध छ । संवैधानिक हिसावले हेर्ने हो भने त्यो उपयुक्त छैन । र जे भएपनि अदालतको फैसलालाई मानेर त्यसलाई कार्यान्वयन गरेर हामी अगाढी बढ्छौँ ।” प्रधानमन्त्री ओलीले भने ।
राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले आफूहरुप्रति सहयोग गर्नेहरुप्रति धन्यवाद व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया