काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले राज्यको तीन अंगबीचको सन्तुलनलाई खल्बल्याएको जिकिर गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“लोकतन्त्रका आधार स्तम्भका तीनै अंगबीच समन्वय हुन सकेमा मात्रै र सबै आ(आफ्नो सीमाभित्र मर्यादीत र संयमित रहन सके मात्रै लोकतान्त्रिक प्रणाली सुरक्षित र गतिशिल हुन्छ । लोकतन्त्रका आधार स्तम्भका रुपमा रहेका राज्यका तीन अंगबीचको सन्तुलन सर्वोच्च अदालतको यस फैसलासँगै नराम्रोसँग अल्मलिन पुगेको छ । क्षणिक रुपमा खुसीयाली भएपनि दीर्घकालमा यसले असर गर्छ ।” ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया