१७ असार २०७९, शुक्रवार

सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको नाम सिफारिस

२०७४,आश्विन,२२,आईतवार ०६:२०

0
Shares

लहान, २२ असोज ।आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए ।यस्तै एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ ।प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले जानकारी दिए ।नयाँ संरचनाअनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नं १ मा लहान नगरपालिकासहित सखुवा ननकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, धनगढी नगरपालिकाको केही वडा र लक्ष्मीपुर पतारी गाउँपालिकाको केही वडा समेटिएको छ ।मूलवासी पार्टी एमालेको सूर्य चिह्नबाट चुनाव लड्नेअगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मूलवासी मुक्ति पार्टीले नेकपा (एमाले) को चुनाव चिह्न (सूर्य)बाट चुनाव लड्ने भएको छ ।एमाले र मूलवासी मुक्ति पार्टीबीच भएको सहमतिअनुसार मूलवासी मुक्ति पार्टीका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने र चुनावपश्चात् मुक्ति पार्टी एमालेमा समावेश हुनेछन् ।दुवै दलबीच अगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लाम सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव लड्ने सहमति भएको नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी परेको छ ।

महोत्तरी । स्थानीय तह निर्वाचन सकिएसँगै महोत्तरीमा स्थगित नेकपा एमालेको अधिवेशनले चर्चा पाउन थालेको छ । पार्टीभित्र देखिएको विवादका कारण

सप्तरी । खरिद बिल नदेखाउँने र अनुगमनमा असहयोग गर्ने सप्तरी राजविराजका सात पसललाई जरिवाना गरिएको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१