कलंकीमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित धादिङ सलाङ घर भएका २५ वर्षीय रेशम श्रेष्ठको तास एण्ड कटिया हाउसमा तास खेलिरहेको अवस्थामा रेशम लगायत ७ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?