काठमाडौं । ललितपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया