काठमाडौं । काठमाडौंको बसुन्धाराबाट नक्कली नोट बरामद भएको छ । टोखा नगरपालिका(५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमवार दिउँसो प्रहरीले बरामद गरेको हो ।
सोही ठाउँस्थित अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्ने बहाना बनाई बा-६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका २ जना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरी पुग्दा ती महिलाहरुले ८० हजार नक्कली नोट पसलमा छोडी फरार भएपश्चात उक्त नक्कली नोट प्रहरीले बरामद गरेको हो ।
हाल फरार महिलाहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया