काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बन्ने बाटो खोलिदिएपछि सो पार्टीका संस्थापन इतर पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
आफू निकटबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छललफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पक्ष आन्तरिक बैठकमा जुटेको हो ।
कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षले दिउँसो १ बजे बैठक बोलाएको छ । चलडोलस्थित सिटौला निवासमा गगन थापासहितका नेताहरुलाई बोलाइएको छ । सो बैठकबाट सिटौलाको भागमा पर्ने मन्त्रीको छनोट हुने नेता भीमसेनदास प्रधानले जानकारी दिए ।
सिटौला समूहबाट तीन प्रतिनिधिसभामा गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास प्रधान सांसद रहेका छन् । उनीहरुमध्ये एकजनालाई मन्त्री बनाउन सिटौलाले सिफारिस गर्ने पक्कापक्की छ ।
यता देउवा निवास बूढानिलकण्ठमा संस्थापन पक्षका नेताहरु समेत छलफलमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया