काठमाडौं । भारतको पश्चिम बंगालको बर्धमानमा तृणमूल कांग्रेस नेताको हत्या भएको छ । नेता असीम दासको गोली हानी हत्या भएको हो ।
उक्त घटनापछि अहिले बंगालमा सुरक्षाको विषयलाई लिएर चर्को आलोचना हुन थालेको छ । नेता असीम दास बर्धमानका अञ्चल अध्यक्ष थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनलाई निकै नजिकबाट गोली हानीएको बताइएको छ । तृणमूल कांग्रेसले भारतीय जनाता पार्टी बीजेपी लाई आरोप लगाएका छन् ।
हत्या पछाडी बीजेपीको हात रहेको तृणमूल कांग्रेसले आरोप लगाएको छ । प्रहरी घटनाबारे अनुसन्धान गरिरहेको बताएपछि अहिलेसम्म कुनै प्रमाण पत्ता लाग्न सकेको छैन ।
हत्या हुनुअघि नेता बस स्ट्यान्डमा रहेका थिए । बस स्ट्यान्डमै उनको गोली हानी हत्या भएको थियो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया