४ जेष्ठ २०७९, बुधबार

सिरहा क्षेत्र नं १ बाट अध्यक्ष ओलीको नाम सिफारिस

२०७४,आश्विन,२२,आईतवार ०६:२०

0
Shares

लहान, २२ असोज ।आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मतरुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए ।यस्तै एमालेको क्षेत्रीय कमिटीले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेशसभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ ।प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस हुन नसकेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले जानकारी दिए ।नयाँ संरचनाअनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नं १ मा लहान नगरपालिकासहित सखुवा ननकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका, धनगढी नगरपालिकाको केही वडा र लक्ष्मीपुर पतारी गाउँपालिकाको केही वडा समेटिएको छ ।मूलवासी पार्टी एमालेको सूर्य चिह्नबाट चुनाव लड्नेअगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मूलवासी मुक्ति पार्टीले नेकपा (एमाले) को चुनाव चिह्न (सूर्य)बाट चुनाव लड्ने भएको छ ।एमाले र मूलवासी मुक्ति पार्टीबीच भएको सहमतिअनुसार मूलवासी मुक्ति पार्टीका उम्मेदवारले पनि ‘सूर्य’ चिह्न लिएर चुनाव लड्ने र चुनावपश्चात् मुक्ति पार्टी एमालेमा समावेश हुनेछन् ।दुवै दलबीच अगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लाम सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव लड्ने सहमति भएको नेकपा एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी ।बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका राजु खड्काले भ्रष्टाचारमुक्त बर्दिबास पहिलो प्राथमिकता भएको बताएका छन्

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध पाँच लाख बिगो रकमसहित

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो । निर्वाचन

काठमाडौं । यसअघि चार–चार पटक स्थगित भएको मधेश प्रदेशको प्रदेशसभा बैठक आजबाट सुरु हुँदै छ । गत १ फागुनमा बोलाइएको

ताजा समाचार